इन्फो नेपाल — सञ्चारको सञ्जाल

चौथो शक्ति बनेको घण्टीले समानुपातिकतर्फ कति मत ल्यायो ?

काठमाडौं । चुनावको केही महिनाअघि मात्रै दर्ता भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । घण्टी चुनाव चिन्ह लिएर लडेको रास्वपाले ठुला दलहरुलाई धक्का दिएको छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमै ७ सीट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रो मत प्राप्त गरेको छ । समानुुपातिकतर्फ १ करोड ४ लाख २० हजार १२५ मत गन्दा रास्वपाले ११ लाख २४ हजार ५४३ मत प्राप्त गरेको छ । यही मतलाई हेर्दा रास्वपाले समानुपातिकबाट करिब १४ सांसद पाउने देखिन्छन् । प्रत्यक्ष र समानुपातिक गरी २१ सीटसहित संसदको चौथो शक्तिको रुपमा स्थापित भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित अधिकांश शहरी क्षेत्रमा ठुला दललाई धक्का दिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क