इन्फो नेपाल — सञ्चारको सञ्जाल

छैठौं बागमती गोल्डकपको तयारी अन्तिम चरणमा

हेटौंडा- छैठौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। आइतबार पत्रकार सम्मेलन गरी बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। आगामी फागुन १ गते उद्घाटन गरीने प्रतियोगितामा सात वटा ए डिभिजन र तिन वटा मोफसल गरी दश टिमको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा जावलाखेल युथ क्लब, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब काठमाण्डौँ, नव जन जागृती क्लव सिमरा, एन आर टि फुटबल क्लब काठमाण्डौँ समूह "क" मा रहेका छन् । त्यस्तै, त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, आयोजक बागमती खेलकुद विकास समिति, एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब समूह "ख" मा छन्। दश दिनसम्म चल्ने प्रतियोगिता बागमती गाउँपालिकाको फापरबारीस्थित जनता मावि खेल मैदानमा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । 'ए' डिभिजन क्लब मछिन्द्र फुटबल क्लब र सर्लाहीको वागमती युथ क्लबबीच बीच उद्घाटन खेल प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क