इन्फो नेपाल — सञ्चारको सञ्जाल

जनकपुरधामको देवपुरा रुपैठामा ३२ घण्टा निषेधाज्ञा

केही उच्छृङ्खल तत्त्वले सामाजिक साम्प्रदायिक सद्भाव बिगार्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामको केही भागमा निषेधाज्ञा जारी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठा भन्ने ठाउँमा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस र हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधित क्षेत्रमा कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी शनिबार दिउँसो २ बजेदेखि आइतबार राती १० बजेसम्मको लागि रोक लगाइएको छ । पूर्वमा जलाद नदीको कल्टी बाँधसम्म, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमान नगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क