इन्फो नेपाल — सञ्चारको सञ्जाल

जन्ती बोकेको जिप दुर्घटना हुँदा १५ घाइते

रामेछाप — रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-५ गुन्सालमा जन्ती लिएर लखनपुरतर्फ गइरहेको जिप आइतबार साँझ दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि एम्बुलेन्सबाट राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार टोकरपुरको रजमानटारबाट जन्ती बोकेर गुन्सालको उकालो जाँदै गरेको बलेरो पछाडि सर्दै सडकमा पल्टिएको हो । दुर्घटनामा लखनपुर जागुका खड्गबहादुर श्रेष्ठ, मेघबहादुर श्रेष्ठ, स्वस्तीका श्रेष्ठ, टंक श्रेष्ठ र डिलबहादुर श्रेष्ठलगायत १५ जना घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिप चालक प्रहरीको सम्पर्कमा छैनन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क