इन्फो नेपाल — सञ्चारको सञ्जाल

जसपा फुट्यो की फुटाइयो !

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ वा फुटाइएको छ भन्ने विवाद चलिरहेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर पार्टी विभाजन गरी निर्वाचन आयोगमा दर्ता गराइएको छ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ जना सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ । जसपा फुट्नुलाई सरकारका शीर्ष नेताहरुले आफ्नै हितका लागि गरेको विभाजन भन्दै आलोचना भइरहेको छ । विशेषगरी माओवादी केन्द्र र नेकपा एमालेले जसपामा विभाजन गराएर सत्ता सुरक्षित गर्न खोजेको आरोप लगाइएको छ । हालको सत्ता समीकरणसँग १५९ मत रहेको र जसपा र एकीकृत समाजवादीले सरकार छोडेमा अल्पमतमा पर्ने अवस्था रहेकोमा जसपा विभाजन गरिएको विश्लेषण गरिँदै छ । जसपा विभाजनको असर सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दिर्घबहादुर सोडारीको पद धरापमा पर्न सक्ने देखिएको छ । जसपा विभाजनले अहिलेको सत्ता समीकरणलाई बहुमतमा पुर्याएको देखिन्छ । नेकपा एमाले, माओवादी केन्द्र, रासत्रिय प्रजातन्त्र पार्टी र नयाँ जसपाको गठबन्धनले बहुमत मत पुगेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क