इन्फो नेपाल — सञ्चारको सञ्जाल

जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १२९ पुग्यो, कम्तीमा ३५० घाइते

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ। ३५० भन्दा धेरै घाइते भएका छन्।     जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७  जनाको मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार नलगाढ नगरपालिकामा सबैभन्दा धेरै ४७ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकामा ३१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा एक जनाको मृत्यु भएको जानकारी आएको उनले जानकारी दिए। अहिलेसम्म साढे २ सयभन्दा धेरै घाइते अस्पताल पुगेको अनुमान गरिएको उनको भनाए छ। केही उपचारपछि डिस्चार्ज भएका, केहीलाई अस्पताल लगिँदै गरेको र विकट ठाउँका केहीलाई अस्पताल पुर्‍याउनै बाँकी रहेकाले यकिन तथ्यांक प्राप्त गर्न कठिनाइ भएको शर्माले बताए। राति सुतेका बेला भूकम्प आएकाले घर भत्किएका ठाउँमा परिवारका सबैजसो सदस्यको मृत्यु भएको पाएको उनले जानकारी दिए। रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १९ र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो। उहाँका अनुसार १५० जना घाइते भएका छन्। तीमध्ये ८ जनालाई सुर्खेत पठाइएको छ भने अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिकामा भने मानवीय क्षति नभएको गाउँपालिका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए। ​घरमा क्षति भए पनि मानवीय क्षति हुनबाट जोगिएको उनको भनाइ छ। मध्यरातको भूकम्पपछि लगातार परकम्प गइरहेको छ। गएरातिदेखि अहिलेसम्म ४ रेक्टर माथिका ४ वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क