इन्फो नेपाल — सञ्चारको सञ्जाल

जापानको नेवाः वगैंचामा पुष्प मेला

काठमाडौं | जापानमा दुई महिने "लेक हामाना हानाहाको पुष्प मेला २०२४" सफलतापूर्वक सम्पन्न भएको छ। यो मेला ५६ हजार हेक्टर क्षेत्रफल भएको नेवाः (नेवार) बगैँचामा आयोजना गरिएको थियो। उक्त बगैंचा चारैतिरबाट विशाल तालले घेरिएको छ, जसले मेलाको सौन्दर्यलाई थप बढाएको थियो।

मेलाका व्यवस्थापक प्रोफेसर नरेश महर्जन हुन्, जो ३४ वर्षदेखि जापानमा बसोबास गर्दै आएका छन्। उनी शुजुओका अञ्चलका राजदूत समेत हुन्। महर्जनले बताए अनुसार, मेलाको लागि भूमिस्पर्श बुद्ध र नाट्य गणेशका मूर्तिहरू नेपालबाट ल्याइएको थियो।

मेलामा विभिन्न नेवाः सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। प्रोफेसर महर्जन स्वयंले लाखे नृत्य प्रस्तुत गरेका थिए भने उनका भाइ दीलिप महर्जनले धिमे बजाएका थिए। जापानमा बस्दै आएका राम महर्जनले बाँसुरी वादनको प्रस्तुति दिएका थिए।

नेपालबाट आमन्त्रित साहित्यकार रीता महर्जन "ऋतु" र कलाकार सलिना अवालेले पनि मेलामा विशेष प्रस्तुतिहरू दिएका थिए। सलिना महर्जनको धिमे नृत्यले दर्शक र आमन्त्रित पाहुनाहरूको मन जितेको थियो। रीता महर्जन र नरेश महर्जनको युगल नृत्यले पनि सबैलाई प्रभावित पारेको थियो।

प्रोफेसर महर्जनले यो मेलाको उद्देश्य नेपालको नाम चिनाउने र बुद्ध जन्मस्थल नेपाल भएको जानकारी दिने रहेको बताए। उनले थप भने, "आफ्नो देश, भाषा र पहिचानको लागि सधैं अग्रसर भई नेपालको नाम उँचो राख्न प्रयासरत छौं।"

यो मेलाले जापान र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क