इन्फो नेपाल — सञ्चारको सञ्जाल

जीप दुर्घटनामा चार जनाको मृत्यु

रोल्पाको सदरमुकामदेखि पश्चिमा पर्ने माडी गाउँपालिका–२ घर्तीगाउँ बजारनजिक जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । माडी गाउँपालिका–६ हान्निङ कोर्चावाङबाट घर्तीगाउँ बजारतिर जाँदै गर्दा आइतबार बिहान ११ बजेतिर रा१प ३८२ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा जीपधनी एवं चालक माडी– ६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्तीमगर, ४५ वर्षीया चौसरा विक र मिसिडाँडाका ५५ वर्षीय टेकबहादुर पुन (टंकलाल) छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, जिल्ला अस्पतालमा उपचाररत १८ वर्षीय लिला पुनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी अन्य दुई जना गम्भीर घाइते भएका छन् । सोही वडाका २१ वर्षीया बिना घर्तीमगर र ६१ वर्षीया पन्चना विक घाइते भएको प्रहरी जानकारी दिएको छ । घाइतेहरूको घर्तीगाउँस्थित स्मृति हस्पिटलमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल लिवाङमा उपचार भइरहेको छ ।सो जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । -/ फाईल फोटो

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क