इन्फो नेपाल — सञ्चारको सञ्जाल

जेष्ठ नागरिक दाँत उपहार

भोजपुर : भोजपुरको पुर्वी अरुण गाउँपालिकाले यहि चैत्र १४ र १५ गते सञ्चालन गरेको जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमबाट ८४ जना जेष्ठ नागरीक लाभान्वित भएका छन् । अरुण गाउँपालिकाको ५० प्रतिशत आर्थिक सहयोग र पुर्वाअञ्चल डेन्टल अस्पतालको ५० प्रतिशत आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालीत उक्त कार्यक्रमबाट पहिलो चरणमा गाउँपालिका भरीका ८४ जना वृद्धवुद्धालाई निःशुल्क दात लगाईदिएको हो । जेष्ठ नागरीक दन्त उपहार कार्यक्रम अन्तरगत पालिका भरीका जेष्ठ नागरीकहरुलाई निःशुल्क दात लगाईदिएको र बाकी अन्यलागई आगामी बर्षमा सोहि प्रकृतीको कार्यक्रम सञ्चालन गरी दात लगाईदिने गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए । गाउँपालिकाले जेष्ठ नागरीकहरुको समस्यालाई मध्यनजर गरेर प्रदान गरेको दन्त उपहार कार्यक्रम निकै राम्रो कार्यक्रम हो । दन्त उपहारसगैँ आफुहरु पालिकासगँ निकै खुशी र हर्षित भएको जेष्ठ नागरीकहरुले बताए । आर्थिक तथा पारिवारीक कारणले लामो समयदेखी दात नलगाई बसेका जेष्ठ नागरीकले मिठो ठोस खाद्यान्न खान असहज भएको अवस्थामा कार्यक्रम निकै प्रभावकारी र उपलब्धीमूलक भएको छ । सिमित श्रोत साधनमा स्थानीयहरुको मागलाई पुरा गर्दै गाउँपालिकाले सञ्चालन गर्ने यस्ता प्रकृतीका कार्यक्रमहरुले बास्तमै स्थानीयहरु खुशी र हर्षीत भएको देख्न सकिन्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क