इन्फो नेपाल — सञ्चारको सञ्जाल

ज्यान गु'माउनेको संख्या २८ पुग्यो,१५ जनालाई उ'पचारका लागि नेपालगञ्ज लगियो

मुगु दुर्घटना अपडेट । दशैं मनाउँन घर फर्केकाहरु मुगुको छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घ'टनामा पर्दा ज्या'न गु'माउनेको संख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गम्भीर घाइते १५ जनाको उद्दार गरि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ । नेपालगन्जबाट मुगुका लागि आएको बस छाँयानाथ रारा गाउँपालिका– ७ मा दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो ।छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँ ९झ्यारीखोला० मा भे १ ख ६७ नम्बरको बस दुर्घ'टना भएको सो दुर्घ'टनामा पर्दा प्राप्त पछिल्लो जानकारी अनुसार २८ जनाको मृ'त्यु भएको छ । साथै डेढ दर्जन जति यात्रु घा'इते भएको मुगु प्रहरीले जनाएको छ । बसमा ४३ यात्रु सवार रहेको धुञ्ची स्थित नेपाली सेनाले जनाएपनि स्थानीयवासीले बसमा ६० भन्दा बढी सवार रहेको दावी गरेका छन् । सडक भिरालो भएको र बस सडकबाट साढे दुई सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले दुर्घ'टना परि घा'इते भएकाहरुको यथाशीघ्र उद्धार गर्न निर्देशन दिनु भएको छ ।बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । यसैबीच दुर्घ'टनामा घाइते भएका १५ जनालाई दुईवटा हेलिकप्टरमार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ । घा'इतेहरुको उद्दारमा समिट एयर र नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । घा'इते अधिकांशको अवस्था गम्भीर रहेको छ । घाइते एकजनाको भने मुगुको स्थानीय अस्पतालमा उ'पचार भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क