इन्फो नेपाल — सञ्चारको सञ्जाल

ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुखले ब'ला'त्कार गरेको आरोप

बैतडी । जिल्लाको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि ब'लात्का'रको आरोप लागेको छ । आरोप लागेका नेगीविरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । आफूमाथि जब'रजस्ती क'रणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध इलाका प्रहरी कार्यालय, पाटनमा जब'रजस्तीक'रणी मुद्दा दर्ता भएको हो । पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको प्रहरीले जनाएको छ । कैलाली घर भई बैतडीको पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले ब'ला'त्कार गरेको आरोप लगाएकी हुन् । असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले ब'लात्का'र गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पीडित महिलाको बुधबार स्वास्थ्य परीक्षण गरिएको छ । रिपोर्ट आउन बाँकी छ । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले पदबाट राजीनामा दिएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क