इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापाको घरको आँगनबाटै मोटरसाइकल चोरी, चोर्ने व्यक्ति पक्राउ

सुनसरी : झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका-३ स्थित बुद्धचोकबाट एक युवकले मोटरसाइकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम पशुपतिनगर नगरपालिका-३ का २५ वर्षीय पासाङ तामाङ रहेका छन् । गत मंसिर २१ गते बुधबार राति इलामको रोङ गाउँपालिका-३ कुटिडाँडाका रोहीत राईको घरको आँगनबाटै मे ९ प ५२१० नम्बरको कालो रङको १५० सिसि पल्सर मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ खोजतलास गर्दै जाँदा इलाका प्रहरी कार्यलय झापाको बुधबारेबाट खटिएको प्रहरी टोलीले तामाङ लाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क