इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा घाँस काट्न गएका जेठाजूको ह'त्या आरोपमा बुहारी पक्राउ

सुनसरी / झापाको शिबसताक्षी नगरपालिका- १० टेक्रामा मृत अवस्थामा फेला परेका एक पुरुषको शव ह'त्या भएको खुल्न आएको छ । कनकाई नदीको पूर्वी तटीय क्षेत्रको कासघाँरीमा गत बिहीबार कनकाई नगरपालिका- ४ मा बस्ने ५५ वर्षीय पदमलाल बाँस्तोलाको शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा जेठाजुको ह'त्या उनकै भाईबुहारी रनमाया बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो । बाँस्तोला कनकाई- ४ स्थित इलुवाबारीमा भाईबुहारीको घर बस्दै आएका थिए । डिप्रेशनको विमारी उनी उपचारका लागि आसामबाट भाइबुहारीको घर आएका थिए । उनीहरूको घर र कनकाईको काँसघारी ५ सय मिटरको दुरीमा रहेको र उनीहरुसँगै घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा जेठाजूले जवरजस्तीकरणी गर्ने प्रयास गरेपछि आफूले प्रतिकार गरेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् । मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भएको थियाे । प्रहरीले हत्या गर्न प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ । पक्राउ परेकी महिलाले जबरजस्ती करणी गर्ने प्रयास गरेपछि हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क