इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापामा ट्रक दुर्घटना हुँदा इटहरीका एकजनाको मृत्यु

सुनसरी : झापामा ट्रक एकआपसमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका - १५ स्थितमा काठको गोलिया बोकेको मे १ ख ६०५ नम्बरको ट्रकले रोकी राखेको ना २ ख ८७९९ नम्बरको ट्रकमा ठक्कर दिदाँ इटहरीका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मे १ ख ६०५ नम्बरको ट्रकका सहचालक इटहरी वडा नम्बर ४ का २० वर्षीय सन्दीप नेपालीको उपचारको क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटनामा संलग्न ट्रक र चालक इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गरिएको प्रहरी जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क