इन्फो नेपाल — सञ्चारको सञ्जाल

टिपरको ठक्करले एकै परिवारका तीन जनाको मृत्यु, गाउँ नै शोकमा

सिरहाको लहानमा टिपरले ठक्कर दिँदा बिहीबार सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघियाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना बालक घाइते भएका छन् । मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन् । प्रदेश २-०१-००२ प २६८२ नम्बरको मोटरसाइकलमा एकै परिवारका ४ जना चढेर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए । उनका अनुसार तीन जनाको मृत्यु भएको र १ बालक घाइते भएका छन् । एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबको स्थानीय कविता यादवले बताइन् । उनले भनिन, ´मृतक परिवारमा रूवावासी चलेपछि गाउँमा कसैको चुलो बलेको छैन ।` एकै परिवारमा तीन जनाको ज्यान गएपछि अहिलेसम्म छरछिमेकमा चुल्हो नबलेको स्थानीयले बताए । मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको छ । तीन जनाको संगै दाहासंस्कार गरिने स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क