इन्फो नेपाल — सञ्चारको सञ्जाल

टिप्परको ठक्करबाट युवकको मृत्यु

मकवानपुर: हेटौँडाको चौकिटोलमा टिप्परले स्कुटरलाई ठक्कर दिदा एक युवकको मृत्यु भएको छ । शनिबार साँझ हेटौँडाको चौकिटोलमा बुद्धचोकबाट भैँसेतर्फ जाँदै गरेको प्रदेश ३–००१–ख ०८५१ नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको बा प्र ०३–००२ प ९०४४ नम्बरको स्कुटर र बा ६३ प ३१२० नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ स्कुटरमा पछाडी सवार २५ वर्षीय सुमित कपालीको मृत्यु भएको प्रहरीले जाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका कपालीलाई उपचारका लागि जिल्ला अस्पतालमा हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी स्कुटर चालक २४ वर्षीय नितेश श्रेष्ठ, मोटरसाइकल चालक ३० वर्षीय सुजन श्रेष्ठ र मोटरसाइकलमा सवार २४ वर्षीय सुरज बानियाँ घाइते भएका छन् । ठक्कर दिने टिप्पर र चालक मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडाको भित्री सडक खण्डमा पार्किङ गरी राखेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । घाईतेहरु उपचारपछि डिस्जार्च भइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क