इन्फो नेपाल — सञ्चारको सञ्जाल

टेम्केमैयुङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

भोजपुर / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिको केन्द्र अन्नपूर्णमा ‘‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’’ भन्ने मुलनारकासाथ लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको हो । र्यालीपछि गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा यहाँका नौ ओटै वडाका वडा अध्यक्ष ,स्थानीयहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई समाजमा भईरहेको लैङ्गिक हिंसाका बारेमा जानकारी दिनुका साथै हिंसा भएमा कसरी कानूनी उपचार खोज्ने भन्ने विषयमा जानकारी दिइएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा हुने हिंसा न्यूनिकरण गर्नमा सबैले भूमिका खेल्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रमादेवी राईले न्यायिक समितिमार्फत यस्ता न्यूनीकरणमा गाउँपालिकाले भूमिका खेलिरहेको बताउनु भयो । स्थानीयमा सचेत बनाउन विभिन्न खाले सचेतनामूलक कार्यक्रमसमेत गाउँपालिकाको तर्फबाट सञ्चालन गरिरहेको उहाको भनाइ छ । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना व्यक्त गर्दै समाजमा अझैपनी महिला दिदीबहिनी विविध किसिमका हिंसा, विभेद र अपमानका पीडा खप्न बाध्य भएकाले यसको न्यूनिकरणमा सवै एकजुट भएर लाग्न आवाश्यक रहेको धारणा राख्नु भयो । समाजमा भईरहेको लैङ्गिक हिंसा अन्त्य गर्ने लक्ष्यको साथ कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिनुभयो । २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा ९ जना स्वयमसेविकाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा इलाका प्रहरी अन्नपूर्ण, गाउँपालिकाको स्वास्थ्य शाखा र पञ्जीकरण विभिन्न खाले हिंसासँगै हिंसा भएमा हुने कानुनी उपचारको बारेमा सहभागीहरुलाई जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क