इन्फो नेपाल — सञ्चारको सञ्जाल

टेम्केमैयुङ गाउँपालिकाद्धारा जिल्ला कारागार भोजपुरलाई स्मार्ट टिभि हस्तान्तरण

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले जिल्ला कारागार भोजपुरलाई स्मार्ट टिभि हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र जिल्ला कारागार भोजपुरका जेलर जगनाथ गुरागाईलाई संयुक्तरुपमा गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले टिभि हस्तान्तरण गरेका छन् । अध्यक्ष बस्नेतले ४३ ईन्चको स्मार्ट टेभि हस्तान्तरण गरेका हुन । कैदीबन्दीलाई सूचना तथा सञ्चारको सहज पहुँच पुगोस भन्ने उद्देश्यले टिभि हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष बस्नेतको भनाई छ । टिभि पाए संगै कैदीबन्दी खुसी भएका छन् । स्मार्ट टिभिले थुनुवा तथा कैदीबन्दीलाई देशविदेशको समाचार तथा जानकारी पाउन सहज भएको चौकीदार भिमशेन राईले बताए । स्मार्ट भिटी कारागार भित्र रहेका थुनुवा तथा कैदीबन्दीका लागि साक्षरता प्राप्त गर्ने औजार रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । थुनुवा तथा कैदीबन्दीलाई मनोरञ्जनसंगै ज्ञानगुणका कुरा सिक्न समेत सहज भएको प्रजिअ घिमिरेको भनाई छ । कार्यक्रममा जिल्ला अदालत भोजपुरका न्यायधीश मणिराम न्यौपाने, टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपाने, सहायक प्रजिअ राजु शर्मा, वडा नं.३ का वडा सचिव लिला पराजुली लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क