इन्फो नेपाल — सञ्चारको सञ्जाल

टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर:  भोजपुरको टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहीबार देखि गाउँपालिका भित्रका ९ ओटा माध्यमिक विद्यालयको सहभागितामा प्रतियोगिता शुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता पाँच लाख लागतमा शुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताउनुभयो । गाउँपालिकाको शैक्षिक सुधारका लागि अतिरित्त क्रियाकलापसंगै शिक्षण सिकाई क्रियाकलापलाई गुणस्तरिय बताउन विद्यालयहरुलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन भईरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । एसईई परिक्षामा उत्कृष्ट हुने विद्यालयलाई छनौट गरेर सम्मानसँगै पुरस्कृत गरिएको उनको भनाई छ । शिक्षालाई समय सापक्षसँगै गुणस्तरियढंगले अघि बढाउन भौतिक संरचनाको विकाससँगै प्रविधिमैत्री शिक्षणमा जोड दिएको उपाध्यक्ष राईको भनाइ छ । खेल क्षेत्रको विकाससँगै युवा,बालवालिकाहरुको शरिरिक तथा मानसिक विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ । यो छनौट प्रतियोगितामा उत्कृष्ट बन्ने विद्यालयले जिल्लामा स्रञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउन पाउने गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजन ढकालले बताए । गाउँपालिकाका विद्यालयहरु बीच, भलिवल, रिले दौड,लगायतका खेलहरु हुने जनाइएको छ । विधार्थीहरुमा रहेको प्रतिभाहरुको पहिचान गरी ती प्रतिभाहरुको प्रष्फुटन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरुमा अब्बल प्रतिस्पर्धीको रुपमा तयार गर्न सहयोग पुग्ने भोजपुर प्रदेश सभा संसद विनोद बान्तवाले बताए । गाउँपालिकामा प्रथम हुने विद्यालयले जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क