इन्फो नेपाल — सञ्चारको सञ्जाल

टेम्केमैयुङ गाउँपालिकाको ५२ करोड ७८ लाख बराबर बजेट

भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको १६ औं गाउँसभाबाट ५२ करोड ७८ लाख १८ हजार ९ सय ९९ बराबरको बजेट पेश गरेको छ ।

गाउँसभा मार्फत आर्थिक २०८१/८२ नीति तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष रमादेवी राईले चालु तथा पुुँजीगत गरी कुल ५२ करोड ७८ लाख १८ हजार ९९९ बराबरको बजेट पेश गरिन् । गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पर्यटनलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ ।

किसानहरुलाई कृषीमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ कृषिमा उत्पादनमा जोड दिदै टोलस्तरमा पकेट कार्यक्रम सञ्चालन नीति लिएको छ । सवै वडालाई गाउँपालिका केन्द्रसँग सहज रुपमा जोड्न यहाँको सडकहरुको विकासलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै मुख्य सडकलाई हरित सडकको रुपमा विकास गर्ने, बजार क्षेत्रमा सौर्य बत्तीको व्यवस्थापन गर्ने, एकिकृत तथा सुरक्षित बस्तीको विकास लक्ष्य नीति अघि सारहेको छ । गुराँस परजातिका बनस्पति तथा सुनाखरीको संरक्षण गर्ने लगायत नीति तथा कार्यक्रम तयार गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए । गाउँसभाले मुन्दुम पदमार्गको लागि रु. ४५ लाख, प्रशासनिक भवन निर्माण लागि रु. एक करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाले कृषि र पर्यटनलाई केन्द्रित गरेर बजेट निर्माण गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क