इन्फो नेपाल — सञ्चारको सञ्जाल

टेम्केमैयुङ वडा नम्बर ४ नागीद्वारा तीन महिने आइसीटी तालिम सम्पन्न

भोजपुर / प्रविधिमैत्री शिक्षामा जोड दिन भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -४ नागीद्वारा तीन महिने कम्प्युटर सम्बन्धि आइसीटी तालिम सञ्चालन गरेको छ । वडा कार्यालयले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउदै, प्रविधिमैत्री पठन/पाठनमा जोड दिन तालिम सञ्चालन गरेको हो । तीन महिने तालिममा एक सय ३५ जनाले प्रविधि सम्बन्धि तालिम लिएका छन् । तालिम पश्चात विद्यालयको कार्यसम्पादनसँगै शैक्षिक सुधार हुने अपेक्षा लिएको वडाध्यक्ष हर्कराज राईले बताए । शिक्षक तथा कर्मचारीहरुमा कम्प्युटर सम्बन्धि राम्रो ज्ञान नहुँदा प्रविधिमैत्री शिक्षा गुणस्तरिय हुन नसकेको ठहर गर्दै एक माध्यमिकसहित तीन ओटा विद्यालयका शिक्षक तथा कर्मचारीलाई दिएको वडाध्यक्ष राईले बताए । शिक्षणलाई प्रविधिमैत्री बनाउदै शैक्षिक सुधार गर्नको लागि तीन महिने तामिल दिएका हौँ” वडाध्यक्ष राईले भनाई छ । युवालाई लक्षित गरेर प्रविधिमा जोडेर स्वरोजगार भन्नका लागि तालिम गरिएको उनको भनाइ छ । उनलेे भने "वडा भित्र तीन ओटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई तालिम दिएका छौँ । यसबाट शैक्षिक गुणस्तरमा केहि सुधार आउछ भन्ने हामीले अपेक्षा लिएका छौँ ।” तालिम पश्चात पोत्साहन स्वरूप ८५ जनालाई प्रमाण पत्र वितरण गरिएको थियोे । सोहि अवसरमा कार्यसम्पादनमा सहजता थप्ने उद्धेश्यले स्वास्थ्य चौकीका कर्मचारीलाई समेत तालिम दिएको थियोे । वडा कार्यालयले यसअघि शिक्षक सिकाई क्रियाकलापलाई गुणस्तरिय बताउनको लागि शिक्षक तथा अभिभावकलाई पनि तालिम दिएको थियोे ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क