इन्फो नेपाल — सञ्चारको सञ्जाल

ट्रककाे ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीकाे ज्यान गयाे

सर्लाहीकाे लालबन्दीमा ट्रककाे ठक्करबाट एक बालककाे ज्यान गएकाे छ । साेमवार पूर्व पश्चिम लाेकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रककाे ठक्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवकाे ज्यान गएकाे हाे । उनलाई ना३ख ७९९० नम्बरकाे ट्रकले ठक्कर दिएकाे इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएकाे हाे । ट्रककाे ठक्करबाट ट्युसन पढ्न हिँडेका बालककाे घटनास्थलमै ज्यान गएकाे थियाे । यादव लालबन्दी नगरपालिकास्थित जनज्याेति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए । बालककाे शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तकाे जिम्मा लगाइएकाे छ । घटनालगत्तै स्थानीय र विद्यार्थीकाे समूहले केहीबेर पूर्व पश्चिम लाेकमार्गमा टायर बालेर अवरूद्ध गरेका थिए । सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएकाे प्रहरीले जनाएकाे छ । घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएकाे छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क