इन्फो नेपाल — सञ्चारको सञ्जाल

ट्वीटरमा गज्जबको फिचर, टिकटकमा जस्तै भिडियो बनाउन सकिने

प्रयोगकर्ताबीच लोकप्रिय बनिरहनका लागि माइक्रो ब्लगिङ साइट ट्वीटरले विभिन्न नयाँ फिचरहरू ल्याउने गरेको छ । सोही क्रममा ट्वीटरले आफ्नो एपमा यस्तो नयाँ फिचर थप गर्दैछ जहाँ प्रयोगकर्ताहरुले फोटो तथा भिडियो मार्फत् कुनै पनि ट्वीटमा प्रतिक्रिया जनाउन सक्नेछन् ।

ट्वीटरको यो फिचरमा हुबहु टिकटक तथा इन्स्टाग्राम रिल्स जस्तै भिडियो तथा फोटो देखिनेछ । ट्वीटरले थप गर्न लागेको उक्त नयाँ फिचरको नाम 'quote tweet with reaction' हुनेछ । यो रिट्वीट मेन्यूमा उपलब्ध हुनेछ ।

रिट्वीट मेन्यूमा गएसँगै उक्त ट्याब देखिनेछ र त्यसमा क्लिक गरेर प्रयोगकर्ताले कुनै यस्ता ट्वीटमा रिएक्ट गर्न सक्नेछन् जसमा फोटो तथा भिडियोको मूल ट्वीट एम्बेड हुन्छ । ट्वीटरले यो एक्सप्लोर ट्याब फिचर परीक्षणका लागि गत डिसेम्बरमा केही देशका प्रयोगकर्ताका लागि उपलब्ध गराइसकेको छ ।

वास्तवमा टिकटक र इन्स्टाग्राम रिलको नक्कल गर्दै ट्वीटरले 'quote tweet with reaction' नामक टूलको परीक्षण गरिरहेको छ । जहाँ प्रयोगकर्ताले कुनै ट्वीटमा प्रतिक्रिया जनाउँदा अक्षरहरू टाइप गर्नुको साटो एक फोटो वा भिडियोमा ट्वीट कपी एम्बेड गर्न सक्नेछन् । यसका लागि सुरुमा रिट्वीट आइकनमा ट्याप गरेर quote tweet with reaction छान्नुपर्दछ । त्यसपछि आफ्नो प्रतिक्रियात्मक भिडियो तथा फोटो तयार गरी उल्लेखित ट्वीटलाई एम्बेड गरेर पोस्ट गर्न सकिन्छ ।

ट्वीटरका अनुसार हाल ट्वीटरको आइओएस एपमा यो फिचरको परीक्षण भैरहेको छ ।स्मरण रहोस् गतवर्ष ट्वीटरले फि्लट्स नामको एक फिचर अपडेट गरेको थियो । इन्स्टाग्राम स्टोरीज जस्तै उक्त फिचरमा प्रयोगकर्ताले फोटो तथा भिडियोलाई लिएर फि्लट्स गर्न सक्दछन् र त्यो २४ घण्टापछि आफै हराउँदथ्यो । तर ट्वीटरले केही महिनापछि नै उक्त फिचर बन्द गरेको थियो ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता