इन्फो नेपाल — सञ्चारको सञ्जाल

डाबरले बेचेको मह अखाद्य, तर कारबाही गर्ने निकाय मौन ?

चितवन । डाबरले उत्पादन गरि बिक्रीका लागि बजारमा पठाएको मह अखाद्य रहेको प्रमाणित भइृसक्दा पनि कारबाही गर्न सरकारी निकायले आट गरिरहेको छैन् । खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको केन्द्रिय खाद्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा डाबर नेपालको मह अखाद्य रहेको पुष्टि भएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग अन्तर्गतको चितवन कार्यालयले २०७७ भाद्र २५ गते नारायणगढ बजारबाट डाबरको स्याम्पल उठाएर परिक्षणका लागि बिभागको केन्द्रिय प्रयोगशालामा पठाएको थियो । सो रिपोर्ट झण्डै २ वर्ष अगाडिनै आएपनि अहिले सम्म डाबरका लागि कारबाहीको प्रक्रिया समेत अगाडी बढेको छैन् । डाबरको मह परिक्षण गर्दा HydroxymethyFurfural को मात्रा बढि भएको प्रमाणित भएको थियो । हाइड्रोक्सिमेथाइलफरफुरलको मात्रा बढि भएको महको सेवनले क्यान्सर बनाउन सक्ने बताईन्छ । यसको मात्रा बढि भएको मह मानव स्वास्थ्यका लागि हानिकारक हुने र अखाद्य हुने खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताए । बिरगंजमा उत्पादन भएको मह भएकाले आफुहरुले सो रिपोर्ट बिरगंज स्थीत कार्यालयलाई फरर्वाड गरी त्यहीबाट मुद्धा चलाउन पत्राचार गरिएको अधिकारीको भनाई छ । बिरगंज कार्यालयका कार्यालय प्रमुख बिक्की राउतले डाबरलाई बयानका लागि आफुले पत्र काटेकोे र बयान लिएर मुद्धाका लागी सरकारी कार्यालयमा पेश गर्ने बताए । बार्षिक ७ सय बढि टन मह बेच्ने कम्पनिले अखाद्य मह बिक्री गरेको प्रमाणित समेत भईसक्दा पनि कारबाही गर्न सरकारी निकायले ढिला गर्नु विडम्वना भएको उपभोक्ता अधिकारकर्मी बिष्णु भुषालले बताए । त्यस्तै Apis india ले उत्पादन गरेको मह पनि अखाद्य भएको परिक्षणबाट प्रमाणित भएको छ । यसलाई पनि मुद्धा चलाएर कारबाही हुने बिभागले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क