इन्फो नेपाल — सञ्चारको सञ्जाल

तत्कालै लकडाउन हुने बारे व्यवस्थापन समिति के भन्छ ?

नेपालमा एक सातादेखि दैनिक २ प्रतिशतले कोरोना संक्रमणदरमा वृद्धि भएपछि कोभिड १९ संकट व्यवस्थापन समितिले तत्कालै लकडाउन नगर्ने तर संक्रमणको गति संकटतिर गएमा स्मार्ट लकडाउनको कार्यविधिअनुसार कोरोना संक्रमण नियन्त्रणको व्यवस्थापन गर्ने तयारी भएको जनाएको छ। समितिकी प्रवक्ता संगीता नेपालले व्यवस्थापन समितिको आइतबारको निर्णय सुनाउँदै भनिन्, ‘अहिले लकडाउन गर्ने तयारी छैन तर संक्रमण बढेमा ठाउँ हेरी स्मार्ट लकडाउन गर्न सकिन्छ।’प्रवक्ता नेपालका अनुसार कुनै निश्चित जिल्लामा मात्र कोरोना संक्रमित धेरै भएमा, संक्रमणको कारण मृत्युदर र अस्पताल भर्नादर बढेमा त्यही जिल्लामा मात्र लकडाउन गरिने प्रक्रिया हो स्मार्ट लकडाउन। यो लकडाउनको कार्यविधिअनुसार संक्रमण संख्या, मृत्यु संख्या र अस्पताल भर्ना संख्यालाई सूचक मानिन्छ। यस्तो लकडाउनका लागि स्थिति हेरी गृह मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुपर्छ। अहिलेको अवस्थामा भने स्मार्ट सरकारले कोभिड १९ उपचार तथा व्यवस्थापनको नीति अवलम्बन गरेको प्रवक्ता नेपालले बताइन्। आइतबार बसेको समितिको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढीको जमघट हुने गरी सभा, समारोह, पर्व र धार्मिक क्रियाकलाप गर्न नपाइने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयनमा ल्याउन गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासनमा निर्देशन दिइएको छ। गृहको निर्देशनपछि यो निर्णय माघ ७ देखि कार्यान्वयनमा आउनेछ। समितिको निर्णयअनुसार सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा सामाजिक क्रियाकलापमा धेरैको उपस्थिति हुनेगरी कार्यक्रम गर्ने, गर्नैपर्ने कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र गर्ने, भेला तथा महोत्सव आयोजना नगर्नेगरी गृहले सिफारिस पठाउनुपर्नेछ।त्यसैगरी सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ देखि माघ १५ सम्मका लागि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयले बिदाकै अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय स्वास्थ्य चौकीबाट खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउन पठाउन अनुरोध गरेको छ। विश्वविद्यालयहरूको वार्षिक परीक्षा भने स्थगित नगर्ने निर्णय भएको छ। नियमित परीक्षा सञ्चालनका लागि भौतिक दूरी, मास्क र एल आकार, जेड आकारमा बसाइ व्यवस्था हुने गरी परीक्षा सञ्चालन गर्न निर्देशन गरेको छ। त्यसैगरी नेपाल प्रवेशद्वारमा एन्टिजेन परीक्षण थप प्रभावकारी बनाउने, होल्डिङ सेन्टर, आइसोलेसन सेन्टर राख्न सम्बन्धित जिल्लासँग समन्वय गरी बजेट भुक्तानी गर्ने, सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन बुथ स्थापना गर्ने र खोप अभियान जारी राख्ने, विमानस्थलमा भीडभाड कम हुने गरी उडान तालिका मिलाउने, माघ ७ पछि यान्त्रिक उडानमा समेत खोप कार्डको व्यवस्थापन गर्ने निर्णय भएको छ। कोरोनाको ओमिक्रोन भेरिएन्ट फैलिएका देशबाट आएका सबै यात्रुलाई क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्था गरिने भएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क