इन्फो नेपाल — सञ्चारको सञ्जाल

तरहरादेखि धरान सेउती सम्मको सडक निमार्ण छिटो सक्न इटहरीका मेयर पौडेलको निर्देशन

सुनसरी / इटहरी २० को तरहरा देखि धरान सेउती सम्म सर्वसाधरण यात्रुहरुले दैनिक आउजाउ गर्न सास्ती भएको भन्दै इटहरीका मेयर हेमकर्ण पौडेलले तत्काल काम सक्न निर्देशन दिएका छन् । इटहरी २० को तरहरा देखि धरानको सेउती सम्म ५ किलोमिटर सडक निमार्णमा ठेकेदारले लापरवाही गरेको भन्दै स्थलगत निरिक्षणमा मेयर पौडेलले लामो समय देखि ठेकेदार पक्षको लापरवाहीले काम समयमा नसकिएको भन्दै ‘तरहरा–सेउती पुल सम्म यात्रा गर्न गाह्रो रहेको बताए ।' मेयर पौडेल सहित प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता सहितको टोलिले स्थलगत अनुमगनमा गएर ठेकेदार पक्षलाई निर्देशन दिएको हो । पानीपिया क्षेत्रमा भेटिएका ठेकेदार पक्षका व्यवस्थापक तारा खड्कालाई सोमबार मेयर पौडेलले भेटेर काम चाँडै सक्नका लागि निर्देशन दिएका हुन् । विराटनगरको रानी योजना २०७४ साल असोजमा सम्पन्न गरिसक्नुपर्ने थियो । तर लामो समय देखि सडक विस्तारमा ढिलाई हुदा इटहरी तथा आसपासका सर्वसाधरणहरुले दु:ख पाएको स्थानीय सर्वसाधारण बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क