इन्फो नेपाल — सञ्चारको सञ्जाल

तराईमा पाँच दिन ‘लू’को जोखिम, लक्षण र उपायहरू के के हुन्

सुनसरी : केही दिनदेखि बढेको गर्मीका कारण तराई क्षेत्रमा आगामी पाँच दिनसम्म तातो हावा ‘लू’हावाको जोखिम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम बढ्दै गएको छ। देशको पहाडी तथा तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुगेको छ । ` लू ´ का लक्षणहरू : तातो हावा ‘लू’बाट थकाई लाग्ने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि समस्या देखापर्दछन् । ‘लू’ लाग्नबाट बच्ने उपायहरू : •तातो हावा तथा ‘लू’ बाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने •बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्सपोज नहुने) •हल्का लुगा लगाउने, सुती कपडा लगाउने, •बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, •नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वतआदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क