इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘तेरो दाइ मेदी’ भन्दै टिकटकमा भाइरल युवक पक्राउ

काठमाडौं । एक जना युवक म्यादी प्रहरीको बर्दी लगाएर खुबै भाइरल थिए । मादक पदार्थ पिएर लठ्ठिएका उनी आफू म्यादी प्रहरी भएको बताउँदै सामाजिक सञ्चाल टिकटक र फेसबुकमा छाएका थिए । ‘तेरो दाइ मेदी’ भन्दै केही दिनदेखि फेसबुक सामाजिक सञ्जालमा भाइरल ती युवकलाई प्रहरीले पक्राउ गरेको छ । भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन् प्रहरीका अनुसार म्यादीको पोशाक लगाएर भिडियो बनाएर भाइरल हुने यी युवक म्यादी प्रहरी भने होइनन् । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको छ । उनले आफ्ना फुपुका छोराको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको छ । उनले फुपुको छोरा घरमा नभएको बेला पोशाक लगाएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे युवकका फुपुका छोरासँग पनि सोधपुछ गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क