सुनसरी / तेह्रथुम,ताप्लेजुङ र संखुवासभाको संगम स्थल गुराँसको राजधानी टिएमजे क्षेत्रमा लालीगुराँस पार्क निर्माण हुने भएको छ । बसन्तपुर,सानो पाथीभरा,तिनजुरे क्षेत्रमा स्थानीय सरकार , प्रदेश सरकार , संघिय सरकारको सहकार्यमा राजधानी टिएमजे क्षेत्रमा लालीगुराँस पार्क निर्माण हुने भएको छ ।
शहरी विकास मन्त्री सीता गुरुङको पहलमा शहरी विकास मन्त्रालयबाट १ करोड रकम विनियोजन गरेर लालीगुराँस पार्क निर्माण गर्ने लालीगुराँस नगरपालिका नगर प्रमुख अर्जुन माबोहाङले जानकारी दिए । नगर प्रमुख माबोहाङका अनुसार पार्कमा गुराँसको ढुवानी,रोपण तथा यस क्षेत्रमा रहेको पोखरी संरक्षणका साथै लालीगुराँस सम्बन्धी गोष्ठि नगरपालिकाले गर्ने भएको छ । पार्क क्षेत्रमा पुर्वाधार विकासका कामहरु शहरी विकास मन्त्रालयको सहयोगमा नयाँ शहर आयोजना मार्फत हुने र तिनजुरे,मिल्के,जलजले क्षेत्रबाट २८ प्रजातीका लालीगुराँस ल्याएर पार्क क्षेत्रमा रोपिने गरिने पार्क निर्माण गर्ने भएको छ । पार्क निमार्ण क्षेत्रमा यही भदौ २ गते अध्यायन गरीने र अध्यायन प्रश्चात यस क्षेत्रमा रहेको सामुदायिक बनका पदाधिकारी वनस्पती विज्ञहरुको टोली टिएमजे क्षेत्र गई विरुवाहरुको अध्यायन गरी २८ प्रजातीका विरुवा ल्याई रोपिने भएको हो ।