इन्फो नेपाल — सञ्चारको सञ्जाल

थकाइ लागेको भन्दै नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपर नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आठौं संविधान दिवसको अवसरमा बुधबार नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले एक सूचना जारी गर्दै विदा दिएको जानकारी गराएको हो । ‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालय, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थालाई बिदा गरिएको छ’, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको, कार्यालय सार्नेक्रममा गत शनिबारदेखि नै लगातार बिहानदेखि रातिसम्म कर्मचारी खटिएका रआज संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका कारण थकित भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख टोकबहादुर वाइबाल जानकारी दिए । उनले बुधबार संविधान दिवसका अवसरमा सार्वजनिक विदा भए पनि दिनभर दिवस मनाउनेदेखि नयाँ कार्यालय सुभारम्भ गर्ने काममा जनप्रतिनिधि तथा कर्मचारी व्यवस्त भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क