इन्फो नेपाल — सञ्चारको सञ्जाल

दमकमा सिटीसफारीको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु, आमा घाइते

झापा | झापाको दमकमा शुक्रबार दिउँसो भएको एक दुर्घटनामा तीन चक्के विद्युतीय गाडी 'सिटीसफारी'को ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा बालिकाकी आमा घाइते भएकी छिन्।

दमक-१ बरगाछीस्थित भित्री पक्की सडकमा श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटीसफारीले काठमाडौँ घर भई हाल दमकमा डेरा बस्ने २४ वर्षीया शर्मिला लिम्बू (मगर) र उनकी छोरी २ वर्षीया आरुसी मगरलाई ठक्कर दिएको थियो।

घाइतेहरूलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लगिएकोमा दिउँसो २ बजे आरुसीको मृत्यु भएको हो। शर्मिलाको हात खुट्टामा सामान्य चोट लागेको र उपचार जारी रहेको छ।

दुर्घटनापछि भागेका सिटीसफारी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। सिटीसफारी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क