इन्फो नेपाल — सञ्चारको सञ्जाल

दशैँको दिन केपी ओली र विश्वप्रकाशको जम्काभेट !

काठमाडौं । आज बुधवार दशैँको मुख्य दिन विजयादशमी,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मावीच भद्रपुर विमानस्थलमा जम्काभेट भएको छ । दशैं मानेर गृह जिल्ला झापाबाट काठमाडौं फर्कने क्रममा बुधबार भद्रपुर एयरपोर्टमा ओली र शर्माको भेट भएको थियो । एयरपोर्टमा दुई नेताबीच करिब ४५ मिनेट संवाद भएको झापाका एक कांग्रेस नेताले जानकारी दिए । भेटका क्रममा एमाले अध्यक्ष ओलीले कांग्रेस महामन्त्री शर्मासँग गठबन्धनका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा शर्माले गठबन्धनले स्पष्ट बहुमत ल्याउने गरी अघि बढेको बताए । ओलीले भने गठबन्धनमा आवद्ध दलहरुको तालमेलले एमालेलाई जित निकाल्न सहज भएको जवाफ फर्काएका छन् । महामन्त्री शर्माले एमाले र कांग्रेस दुबै आफ्नै बलबुतामा हिँड्न नखोजेको र एउटाको कमजोरीमा टेकेर अर्को उठ्न खोज्ने परिस्थिति बन्नु दुखद भएको शर्माले बताउँदा ओली सहमति जनाएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क