इन्फो नेपाल — सञ्चारको सञ्जाल

दशैँ-तिहार मनाउन उपत्यका छोड्नेको संख्या बढ्दो, १० लाख यात्रु बाहिरिने अनुमान

काठमाडाैँ । दशैँ, तिहार तथा छठलगायतका मुख्य चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढ्न थालेको छ। उपत्यकाका प्रमुख नयाँ तथा पुराना बसपार्क र बाहिरिने नाकाहरूमा सर्वसाधारणको चहलपहल बाक्लिएको छ।

​काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस वर्षको चाडपर्वमा उपत्यकाबाट करिब ८ देखि १० लाख नागरिक बाहिरिने अनुमान गरिएको छ। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले दशैँ नजिकिँदै गर्दा गाउँ फर्किनेको चाप क्रमशः थपिने जानकारी दिए। यात्रुको चापलाई ध्यानमा राख्दै नाका र बसपार्क क्षेत्रको ट्राफिक व्यवस्थापन चुस्त बनाइएको प्रहरीले जनाएको छ।

​नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौँलाले सार्वजनिक सवारीसाधनमा यात्रुको उपस्थिति बढ्दै गएको बताए। यात्रुलाई सहजरूपमा गन्तव्यसम्म पुर्‍याउन नियमित गाडीबाहेक आवश्यकता अनुसार अतिरिक्त सवारीसाधन सञ्चालन गर्ने तयारी व्यवसायीहरूले गरेका छन्।

​यसैबीच चाडपर्वका बेला यात्रु ठगिने जोखिमलाई ध्यानमा राखेर गाडीको अवस्था, भाडादर र टिकट बिक्रीको अनुगमन तीव्र पारिएको छ। सम्बन्धित निकायहरूले यात्रुलाई आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन र तोकिएको निर्धारित भाडा मात्र तिर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क