इन्फो नेपाल — सञ्चारको सञ्जाल

दशैंको मुखमा संरचना हटाइनु कतिको जायज ?

काठमाडौं । काठमाडौं महानगरको डोजरसहितको टोली गोंगबु बसपार्क नजिकैको मित्रनगरमा अनधिकृत रुपमा बनाइएका संरचना हटाएको छ । मित्रनगरबासीले आफ्नो सूचनाको बेवास्ता गरेपछि महानगरले डोजर लगाएर संरचना हटाएको हो । महानगरले बालाजु बसपार्कको आडमा रहेको मित्रनगर क्षेत्रमा डोजर चलाएको छ । सधैं भीडभाड हुने यो क्षेत्रमा अनधिकृत रुपमा बनाइएका पसलहरु ३५ दिनभित्र खाली गराउन महानगरले सार्वजनिक गरेको सूचनाको बेवास्ता गरेपछि महानगरको डोजर सोमबार बिहान सो क्षेत्रमा पुगेको थियो । सूचनालाई बेवास्ता गरेपछि महानगरले पुन २४ घण्टाभित्र खाली गराउन उर्दी जारी गरेको थियो । सो उर्दीको पनि स्थानियबाट बेवास्ता भएपछि डोजर लगिएको हो । मित्रनगरका बाहिरी क्षेत्रमा रहेका सटर निर्माणस्थलको उपलब्ध गराउन नसकेपछि अनधिकृत बनाइएका संरचनामा महानगरले डोजर लगाएर भत्काएको हो । अघिपछि अटेर गरी बसेका ब्यापारीहरुले महानगरको डोजर देखेपछि भने धमाधम होर्डिङ बोर्डहरु हटाउन शुरु गरेका थिए । महानगरको प्रहरी टोली सोमबार मित्रनगर पुग्दा रमितेहरुको कमी थिएन । महानगरको टोलीले डोजर चलाउँदा स्थानीयले रमिता हेरेरै भएपनि साथ दिएका थिए । कोही यस अभियानलाई ठीक र कोही बेठिक भन्दै टिप्पणी गरिरहेका थिए । महानगरका सुरक्षा प्रमुख राजुनाथ पाण्डेसहितको टोली सो क्षेत्रमा पुगेर सटरहरु खाली गर्न निर्देशन दिँदा ब्यापारीहरुले सटर बन्द गरेका थिए । यद्दपी बन्द सटरका संरचनाहरुमाथि डोजर पेलियो व्यवसायीकै मनोमानी गतिविधिले यो अभियान निम्त्यिाएको कतिपयको बुझाइ छ । विभिन्न बहानामा वर्षौंदेखि सार्वजजिक जग्गा मिचेर गैरकानुनी रुपमा प्रयोग भइरहेपछि काठमाडौं महानगरपालिकाले त्यसलाई हटाउन अभियान थालेको छ । महानगरको यो अभियानलाई केहीले प्रशंसा गरेका छन् भने कतिपयले दसैंको मुखका साना व्यापारीहरुलाई उठिबास लगाएको भन्दै मेयर बालेन शाहको आलोचना पनि गरेका छन् । वर्षौंदेखि थाँती रहेको समस्या समाधानमा निश्चय नै जटिलता आउने नै भयो । तर यससंगै आउने बहुआयामिक समस्या सबै पक्षको गुनासो सुनेर निदान खोज्न आवश्यक छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क