इन्फो नेपाल — सञ्चारको सञ्जाल

दुई दाना आँपको मूल्य ४ लाख, किन यति महँगो?

जापानमा एउटा यस्तो जातको आँप छ, जसको मूल्य सय, हजारमा होइन, लाखमा गणना हुन्छ । ताइयो नो तामागो अर्थात् एग अफ द सन् भनिने उक्त आँप जापानको मियाजाकी प्रान्तमा फलाइन्छ । त्यहाँ हरेक वर्ष सबैभन्दा पहिले फलेको विशेष तथा महँगो आँप लिलाम बढाबढमा बिक्री गरिन्छ । निकै महँगो यो आँपको खेती जहाँतहीँ फल्दैन । अर्डर प्राप्त भइसकेपछि मात्र यो आँप फलाइन्छ । यो आँपको पाकेको गेडा आधा रातो र आधा पहेँलो हुन्छ । जापानमा यसलाई गर्मी र चिसोयामको बीचतिर तयार पारिन्छ । सन् २०१७ मा यो जातको दुई दाना आँप लिलाम भएको थियो । प्रतिदाना साढे ३ सय ग्रामतौल रहेकोमा दुईवटा दाना आँप ३७ सय अमेरिकी डलरभन्दा धेरै अर्थात् झण्डै ४ लाख नेपाली रुपैयाँ बराबरको रकममा बिक्री भएका थिए । आखिर यो आँप किन यतिधेरै महँगो छ त ? वास्तवमा यो आँपको विरुवा हुर्काउन र फलाउन निकै मिहिनेत लाग्दछ, कठिन छ । जापानी किसानले हरेक आँपका दानालाई एउटा सानो जालीले छोपेका हुन्छन् जसले सूर्यको प्रकाशलाई फलको सबै कोणको पत्रमा समान रूपले ताप प्रसार गर्न तथा फललाई तल खस्न नदिनका लागि लगाइएको हुन्छ । आँप बोटमै पाकिसकेपछि यो जालीमै खसेर अड्किन्छ । भुइँमा खस्न पाउँदैन । त्यसपछि जालीबाट निकालेर त्यसलाई बेचिन्छ । यो आँप निकै स्वादिलो तथा रसिलो हुन्छ । यो चकलेटजस्तै गुलियो हुनुका साथै स्वादमा पनि भुइँकटहर तथा नरिवलको मिश्रणजस्तो हुन्छ ।

सम्बन्धित समाचार

आइतबारसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडाैँ । मौसममा आउने बदली र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जल तथा मौसम विज्ञान विभागले किसानहरूलाई आइतबारसम्म पाकेको धान नकाट्न आग्रह गरेको छ। आज दिनभरजसो देशभर मौसम बदली भई…

इन्फो डेस्क

शिक्षण पेसाबाट व्यावसायिक कृषिमा फड्को : हेटौँडाका फेन्चु लामाको वार्षिक ३६ लाखको उत्पादन

हेटौँडा । उच्च शिक्षा हासिल गरेपछि अधिकांश युवाको रोजाइ जागिर वा वैदेशिक रोजगारी बन्ने गरेको छ। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरी आदामारका ३७ वर्षीय फेन्चु लामाले श…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विश्व स्कुल दूध दिवस मनाईंदै

मकवानपुर । आज (सेप्टेम्बर ३०) 'विश्व स्कुल दूध दिवस' विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विद्यालयमा दूधको महत्त्वबारे चेतना फैलाउने र बालबालिकालाई दूध सेवनमा प्रोत्साहन गर्ने उद्देश्य…

इन्फो डेस्क