इन्फो नेपाल — सञ्चारको सञ्जाल

दुबई बन्यो विश्वकै पहिलो कागजरहित सरकार

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) का राजकुमार शेख हमदान बिन मोहम्मद बिन रसिद अल मक्तुमले दुबई विश्वकै पहिलो पेपरलेस (कागजरहित) सरकार बनेकाे घाेषणा गरेका छन् ।

३५ करोड अमेरिकी डलर बचत गर्दै दुबई सरकार पूर्णरुपमा कागजरहित भएको उनले घोषणा गरेका हुन् । अब दुबई सरकार अन्तर्गतका कुनै पनि कामका लागि कागज प्रयोग गर्नुनपर्ने उनले उल्लेख गरेका छन् ।

दुबई सरकारको सबै प्रकारको आन्तरिक, बाह्य कारोबारलगायत अन्य प्रक्रियागत काम सबै डिजिटल भएका छन्, जसको व्यवस्थापन दुबई सरकारकै डिजिटल प्लेटफर्मले गरिरहेको उनले जानकारी दिए ।योसँगै दुबईले आफ्नो डिजिटल यात्राको नयाँ सुरुवात गरेको र यो यात्रामा भविष्यलाई लक्षित गर्दै नयाँ अन्वेषणहरू गरिने उनले बताएका छन् ।

चार वर्षपहिले यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मुक्तमले सन् २०२१ पछाडि दुबई सरकारको कर्मचारी र सेवाग्राही कसैले पनि कुनै डकुमेन्ट प्रिन्ट गर्न वा अन्य प्रयोजनका लागि प्रयोग गर्न नपर्ने स्थिति सिर्जना गर्ने बताएका थिए  ।

उनको यही प्रतिबद्धता आज पुरा भएको शेख हमदान बिनले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् । अब आउने पाँच दशकमा दुबईको जनजीवन डिजिटल हुने उनले दाबी गरेका छन् ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क