इन्फो नेपाल — सञ्चारको सञ्जाल

दुर्गा प्रसाईंको कार्यक्रममा ९ हजार प्रदर्शनकारी, युवा संघकोमा ७ हजार

काठमाडौँ : काठमाडौँमा नेकपा (एमाले)को भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले शक्ति प्रदर्शन गरेका छन् । निकै चासोपूर्वक हेरिएको दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का समर्थकहरूले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बिहीबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेका हुन् । प्रदर्शन स्थलमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । युवा संघले तीनकुनेमा आयोजना गरेको प्रदर्शन भन्दा बल्खुको प्रदर्शन हिंसात्मक देखिएको छ । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले फरक–फरक स्थान तोकेर माइतीघरमा ‘निषेधाज्ञा’ जारी गरेको थियो । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा ९ हजार भन्दा धेरै प्रदर्शनकारी सहभागी भएको रिपोर्ट सुरक्षा निकायले गृह मन्त्रालयमा बुझाएका छन् । तीनकुनेमा युवा संघले गरेको प्रदर्शनमा ७ हजारको सङ्ख्यामा सहभागिता रहेको सुरक्षा निकायको आकलन छ । बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ता बिच एकपटक र प्रहरीसँग दुई पटक झडप भएको छ । प्रदर्शन सुरु हुनुअघि नै बल्खु चोकमा प्रसाईं समर्थक समूह र युवा संघका कार्यकर्ता बिच झडप भएको हो । दुर्गा प्रसाईंले प्रदर्शन स्थलमा सम्बोधन गरेर हिँडेपछि आन्दोलनकारी र प्रहरी बिच दुईपटक झडप भएको छ । सुरक्षा कर्मीको घेरा तोडेर प्रदर्शनकारीहरू कालिमाटी तर्फ जान खोजेपछि झडपको अवस्था आएको सुरक्षा अधिकारीहरू बताउँछन् । प्रहरीको घेरा तोडेर प्रदर्शनकारी कालिमाटी तर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहरा प्रहार गरेर रोकेको थियो । आन्दोलनकारी चढ्ने गाडीको साँचो पनि प्रहरीले खोसेको आरोप छ । त्यसपछि प्रदर्शनकारी बल्खु पुलबाट एकान्तकुनातर्फ, कीर्तिपुर त्रिवि गेटतर्फ र कलङ्कीतर्फ तितरबितर भए । तर, केही बेरमा फेरी कालीमाटी जाने मोडमा फेरी झडप सुरु भयो । तेस्रो पटकको झडपमा प्रहरीले पानीको फोहरा हानेर स्थिति नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन १५७ सेल अश्रुग्याँस र १ राउन्ड रबर बुलेट प्रहार गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क