इन्फो नेपाल — सञ्चारको सञ्जाल

दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको आँखा परीक्षण, २७ प्रतिशतभन्दा बढीमा समस्या

हेटौँडा: सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना एवम् हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार एकसय पाँच जना चालक र सहचालकको आँखा परीक्षण गरिएको हो । पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलाउने चालकको हेटौँडामा निःशुल्क आँखा परीक्षण गरिएको छ । आँखा परीक्षणका क्रममा २७ प्रतिशतभन्दा बढीमा दृष्टि दोष, आँखा चिलाउने, जलबिन्दु सुगरकाले आँखामा पारेको प्रभाव, मासु पलाउने जस्ता समस्या भेटिएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । १०४ सार्वजनिक सवारी साधनका चालकहरुको आखाँ परीक्षण गरिएकोमा ७६ जनाको आखाँको अवस्था सामान्य रहेको र समस्या देखिएकोमा चस्मा लगाउनु पर्ने ११जना, मासु पलाइएको ८ जना, नसा सुन्नेको २ जना, नजिक कम देख्ने ३ जना, टाढा नदेख्ने ४ जना गरि २८ चालकहरुलाई नियमित आखाँ चेकजाँच सम्बन्धि परामर्श समेत दिईएको ट्राफिक मकवानपुरले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरण र जनचेतना जगाउने उद्देश्यले चालक र सहचालकको आँखा परीक्षण शिविर राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् कार्यालय प्रमुख वसन्त आचार्यले बताए । सार्वजनिक सवारी चालकको कम्तीमा ६ महिनामा आँखा र स्वास्थ्य परीक्षण गराउन सकिए सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने ट्राफिक प्रमुख आचार्यको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क