सुनसरी / दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
बुधबार दिउँसो सुनसरीको दुहबी नगरपालिका- ५ स्थिति पशुपति फ्याक्ट्रि उद्योग नजिकै कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०२–०४७ प ११६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सुनसरीको गढी गाउँपालिका - २ का २७ वर्षीय उतम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार मोरङ कटहरी गाउँपालिका- ५ का अमन गुरुङ घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका गुरूङको लागि विराट नसिंङहोम उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचारका क्रममा चौधरीको मृत्यु भएको हो । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…