इन्फो नेपाल — सञ्चारको सञ्जाल

देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै

काठमाडौं । केही दिनयता देशभरको तापक्रम क्रमशः घट्दै गएको र मौसम चिसो बन्दै गएको छ । विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । मंगलबारको तुलनामा आज चिसो बढेको बताइएको छ । मंगलबार काठमाडौंको तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेपनि आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्रीमा झरेको मौसमविद् राजु प्रधानाङले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री, ताप्लेजुङको ३ दशमलव ५ डिग्री, लुम्ले ४ डिग्री, डडेल्धुराको ४ दशमलव ४ डिग्री, जिरीको माइनस १ दशमलव ८ डिग्री, जोमसोमको माइनस ६ डिग्री सेल्सियस र माइनस ५ डिग्री सेल्सियस रहेको छ । डिग्री सेल्सियस। देशभर न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरका अनुसार अहिले तराईका पहाडी जिल्लामा कुहिरो लागेको छ । पहाडी क्षेत्रमा कुहिरो हटेर घाम लाग्ने सम्भावना रहे पनि तराईका जिल्लामा दिउँसोसम्म बाक्लो हुस्सुको सम्भावना रहेको छ । जाडो यामको मध्यमा पुगे पनि जाडो बढेको मौसमविद्ले बताएका छन् । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडो मानिन्छ। डिसेम्बर सकियो र जनवरी सुरु हुन लागेको हो । आज प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद् प्रधानाङले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क