इन्फो नेपाल — सञ्चारको सञ्जाल

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

हेटौँडा | नेपालमा अहिले मनसुनको सक्रिय प्रभाव जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशभर हाल मनसुनी वायुले प्रभाव जमाएको छ भने न्यून चापीय रेखा पनि सरदर स्थानमा अवस्थित रहेको छ।

महाशाखाले दिएको पछिल्लो विवरणअनुसार, कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिनभर देशभर सामान्य बदली रहनेछ भने गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि गण्डकीसहित देशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

मौसम विभागले देशका अधिकांश भूभागमा सम्भावित मध्यमदेखि भारी वर्षाको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, नदी किनार, पहिरो सम्भावित क्षेत्र र संवेदनशील भूभागमा विशेष सावधानी अपनाउन भनिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क