इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाका किसानका बारीमा ढकमक्क फूल

धनकुटा / तिहार आएसँगै अत्यधिक माग हुने फूल धनकुटाका किसानका बारीमा ढकमक्क भएर फूलेको छ । तर किसानलाई हरेक वर्ष झैँ यो वर्ष पनि भारतीय फूल र कृत्रिम फूलको कारण बजार नपाउने हो कि भन्ने चिन्ता रहेको छ ।धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा व्यावसायिक फूल खेती हुने गरेको छ । यति बेला घरैपिच्छे ढकमक्क सयपत्री फुल फुल्दा जोकोहीको पनि मन लोभ्याउने गरेको छ । तिहारको बेला किसानले सबैभन्दा बढी प्रयोग हुने सयपत्री, मखमली, गोदावरी लगायत फुलको व्यवसायीक खेती गरेर मनग्ये आम्दानी लिँदै आएका छन् । गत वर्ष फूल खेतीबाट १९ हजार आम्दानी लिएका महालक्ष्मीका किसान नितेश निरौलाले यस वर्ष फुल बिक्रीबाट २ लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य लिएको बताए । अझ भारतीय फूल र कृत्रिम फूलको कारण बजार नपाउने चिन्ता पनि किसानलाई छ । धनकुटामा पछिल्लो समय सयपत्री फूलको खेती विस्तार हुँदै गएको भए पनि भारतीय फूल र कृत्रिम फूलले नेपाली किसानलाई समस्या दिने गरेको धनकुटाका किसान गोविन्द श्रेष्ठले बताए । धनकुटामा दुई सय भन्दा बढी किसानले न्यूनतम १ रोपनी देखि १० रोपनी क्षेत्रफलमा फुलको खेती गरेका छन् । फूल खेतीले खाली रहेको जग्गाको सदुपयोगसँगै कम लगानीमा बढी आम्दानी हुन थालेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क