इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाका १७ वटा सहकारी संस्थाको दर्ता खारेज

सुनसरी / सहकारी ऐनविपरीत कारोबार गरेको भन्दै धनकुटा नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित १७ ओटा सहकारी संस्थाको दर्ता खारेज गरिदिएको छ । खारेज गरिएका सहकारीहरूमा बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत्सँग सम्बन्धित सहकारी रहेको नगरपालिकाको सहकारी शाखाले जनाएको छ । प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनु पर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाई नगरपालिकामा विवरण पठाउनुपर्ने व्यवस्था अटेर गरेको भन्दै नगरपालिकाले सहकारीको दर्ता खारेज गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार नौ वटा कृषि सहकारी, तीन वटा बचत तथा ऋण सहकारी, तीन वटा उपभोक्ता सहकारी तथा एक÷एक वटा दुग्ध र विद्युत् सहकारी खारेजीमा परेका छन् । अनियमित गतिविधि गर्ने सहकारीको दर्ता खारेजीपछि धनकुटा नगरपालिकामा अब ५३ वटा सहकारी कायम भएका छन् । ऐनको व्यवस्था अन्तर्गत नचल्ने सहकारीहरूबाट आम मानिसहरू ठगिन वा समस्यामा पर्न सक्ने भएकाले दर्ता खारेज गर्नु परेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । नियमानुसार नगरपालिकामा विवरण नबुझाएपछि त्यस्ता सहकारीलाई सम्पर्कमा आउन पटक–पटक सूचना जारी गरिएको थियो । अन्तिम पटक गएको साउन ३० गते २१ वटा सहकारीलाई सम्पर्कमा आउन १५ दिनको म्याद दिइएको थियो ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते