इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाको ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले लागू गर्‍यो नयाँ नियम

धनकुटा: ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा मंगलबारबाट नयाँ नियम लागू गरिएको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने/ओराल्ने र सामान लोड/अनलोड सम्बन्धी नयाँ नियम लागू गरेको हो । नयाँ नियमअनुसार मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार्किङ निषेध गरिएको छ । दुई पाङ्ग्रे सवारी साधनलाई बारको आधारमा एकोहोरो पार्किङको व्यवस्था गरिएको छ । आइतबार, मंगलबार र बिहीबार सडकको पूर्वतर्फ र सोमबार, बुधबार र शुक्रबार पश्चिमतर्फ पार्किङ गर्ने नियम बनाइएको छ । अटोसहितका तीनपाङ्ग्रे सवारी साधनले बजारका जुनसुकै क्षेत्रमा रहेर यात्रु कुर्न गर्न नपाउने भएका छन् । उनीहरूको पार्किङ क्षेत्र त्रिवेणी चोक, परिचयमोड र बसपार्कलाई तोकिएको छ । साना चारपाङ्ग्रे सवारी साधनले बजारमा यात्रु चढाउन र ओराल्न मात्र पाउनेछन् । सामान लोड/अनलोडको पनि समय निर्धारण गरिएको छ । मालबाहक साधनले बिहान ९ देखि १०ः३० र बेलुका ३ः३० देखि ५ः३० बजे बाहेकको समयमा मात्र सामान लोड/अनलोड गर्न पाउनेछन् । धनकुटा बजारमा यसअघि ट्राफिक व्यवस्थापनको बेग्लै नियम थिएन । बजार क्षेत्रमा साँघुरो सडक र बढ्दै गएको सवारी चापका कारण सवारी आवतजावतमा समस्या देखिन थालेपछि व्यवस्थापनका लागि नयाँ नियम लागू गरिएको नगर प्रमुख चिन्तन तामाङले बताए । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सवारी व्यवस्थापनको प्रयास थालेको हो । यसअघि प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहितको टोलीले ट्राफिक व्यवस्थापनका लागि बजारको स्थलगत अनुगमन गरेको थियो । नियम कार्यान्वयनका लागि अहिले बजार क्षेत्रमा नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क