इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाको भेडेटारमा फुड फेस्टिबल हुने

सुनसरी / धनकुटाको पर्यटकीय क्षेत्र भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यहीँ पुस १६ गतेदेखि १८ गतेसम्म फुड फेस्टिबल आयोजना हुने तयारी भएको छ । होटल एशोसिएसफन अफ भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले भन्नुभयो, ‘फेस्टिबलले पर्यटन, होटल व्यवसाय, व्यापार, कृषि, संस्कृति र शिक्षा क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास पनि छ । फेस्टिबलमा स्थानीय जातीय खानेकुरा (राई, लिम्बू, मगर, तामाङ र नेवारी) प्रदर्शन र स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेले उत्पादनको प्रदर्शनी, मौलिक परम्परागत सांस्कृतिक झाँकी पस्किने कार्यक्रम आयोजना गर्न लागिएको होटल एशोसिएन भेडेटारले जनाएको छ । फेस्टिबल अवधिमा २० देखि ३० हजार पर्यटक भित्रयाउने लक्ष्य राखिएको र फेस्टिबलको मुख्य आकर्षण पर्यटकीयस्थलहरुमा चाल्स भ्यू टावर, पाथिभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नाम्जेको थुम्कीस्थित आत्माघर, सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, नाम्जेको होमस्टे, डाँडाबजारस्थित ध्वेजे डाँडा, ओख्रे टावरलगायत स्थलहरु रहने जनाइएको छ । फेस्टिबल अवधिमा मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क