इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाको भेडेटारमा फुड फेस्टिबल आजबाट सुरु

सुनसरी / पूर्वको पर्यटकीय गन्तव्यका रुपमा रहेको धनकुटाको भेडेटारमा फूड फेस्टिवल कार्यक्रम शुरू भएको छ । भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आज पुस १६ गतेदेखि १८ गते सोमबार सम्म दशौँ फुड फेष्टिबल आयोजना गरिएको छ। ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहना’ नारासहित होटल एसोसिएसन भेडेटारले १० अौँ महोत्सव आयोजना गर्न लागेको हो । औपचारिक कार्यक्रमकाबीच आज उद्घाटन गरिएको फूड फेस्टिवललाई कोरोनाले थलिएको व्यापार व्यवसायको विकास र प्रवर्द्धनका रुपमा समेत लिइएको छ । महोत्सवमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, स्थानीय तथा जातीय खानेकुराका परिकार, भेडेटार हेलिटुर, जिपलाइन तथा पाराग्लाइडिङ ,दौरान कृषि प्रदर्शनी समेत मुख्य आकर्षण रहने आयोजक होटल एसोसियसन अफ भेडेटारकी कार्यबहाक अध्यक्ष शान्ति मादेन लिम्बूले बताउनु भयो । भेडेटारमा हरेक अंग्रजी नयाँ वर्षमा फेष्टिबलको आयोजना हुँदै आएकोमा विगत केही वर्ष भने कोरोना महामारीका कारण हुन सकेको थिए । तर, गत वर्षबाट फेरि सुचारु भएको छ । कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्न अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फूड फेस्टिवलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको र सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिवलमा १ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । पाथीभरा मन्दिर, भेडेटार बजार, शङ्ख पार्क , स्थानीय खानेकुरा, जिपलाइन ,नमस्ते झरना जस्ता पर्यटन स्थानको प्रवद्धन गर्ने उदेश्य रहेको छ । भेडेटारबाट मौसम सफा हुँदा धरान देखिने गर्छ । मौसम सफा हुँदा त्यहाबाट मनमोहन स्थानको आँखै अगाडि देखिन्छ । अझ तराईमा ६ महिनाको उखरमाउलो गर्मीको समयमा गर्मी छल्ने आनन्ददायी गन्तव्य भेडेटार बनेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क