इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाको भेडेटारमा रहेको पाथीभरा मन्दिर भक्तजन र पर्यटनको केन्द्रविन्दु

सुनसरी / धनकुटाको भेडेटारमा रहेको पाथीभरा मन्दिरमा भक्तजनको केन्द्रविन्तु बनेको छ । साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा रहेको यस पाथीभरा मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । भेडेटार बाट करिब २ किलो मिटरको दुरिमा रहेको पाथिभरा देबिको दर्शन गर्न हरेक समय यहाँ दर्शनार्थी आउने गर्छन भने भ्यु टावर नजिकै रहेको पाथीभरा मन्दिरमा पनि भक्तजनहरू आउने गरेका छन् । पर्यटकिय,व्यवसायीक रुपमा परिचित जिल्लामात्र नभएर यो संगम स्थल धार्मिक दृष्टिकोण बाट पनि पबित्र स्थल रहेको छ । पछिल्लो समय भेडेटार घुम्न आउने धार्मिक पर्यटकहरुका लागि पाथीभरा देवीको मन्दिर पवित्र स्थल बन्दै गएको भत्तजनहरु बताउछन् । चिसो मौसम,पहाडका रमाइला डाडा अनि कुहिरोमा छोपिएको भेडेटारको शिरमा अवस्थित पाथिभरा माताको महिमा अपरम्पार छ । वरिपरिका बाख्रा हराएपछी त्यस्को खोजी गर्ने क्रममा यहाँ माता अबस्थित रहेको थाहापाएपछि पुजापाठ गर्न थालेको किम्ब दन्ती रहेको छ । १२ महिना दर्शनार्थी आउने यस पाथिभरा मन्दिरमा बाटो सहज र सुबिधा रहेको छ । हारियालीको बिचमा वरिपरि थुम्किला पहाडमा बिराजमान पाथिभरा माता नजिकै शिव मन्दिर पनि छ । मौसम सफा हुँदा त्यहाबाट मनमोहन स्थानको आँखै अगाडि देखिन्छ । अझ तराईमा ६ महिनाको उखरमाउलो गर्मीको समयमा गर्मी छल्ने आनन्ददायी गन्तव्य भेडेटार बनेको छ ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते