इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटामा एक बिरामीको मृत्यु भएपछि मेडिकल तोडफोड गरे

सुनसरी / धनकुटाको हिले स्थित उज्यालो मेडिकल हलमा उपचारको क्रममा धनकुटा आँखीसल्लाकी एक बिरामीको मृत्यु भएपछि तोडफोड गरिएको छ । मङ्गलबार बिहान आफै हिँडेरै अस्पतालसम्म आएकी सहिदभूमि गाउँपालिका ६ आँखीसल्लाकी ५३ वर्षीया विष्णुमाया राईको उपचारको क्रममा मृत्यु भएको हो । ग्यास्टिकको सुई लगाएर निस्किएको बिरामी बजारको केही तलसम्म हिँडेर पुगेको र अचानक बेहोस भई ढलेकोले पुनः बिरामीलाई उज्यालो मेडिकल पुर्याउँदा मृत्यु भएको बताइएको छ । मेडिकलमा दिइएको सुईको कारण मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । आक्रोशित मृतकका आफन्तले ढुङ्गामुढा प्रहार गरी मेडिकलको सिसा फुटाइदिएका छन् । सञ्चालक ललित घिमिरे र स्वास्थ्यकर्मीलाई कानून बमोजिम कारबाही गरिनुपर्ने माग गर्दै आफन्तले अस्पताल तोडफोड गरेका थिए । मङ्गलबार साँझ पीडितका आफन्त र अस्पताल सञ्चालकबीच भएको छलफलपछि भने मृतकका आफन्तलाई क्षतिपूर्ति स्वरूप उज्यालो मेडिकलले साढे ५ लाख रुपैयाँ दिने सहमति भएपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क