इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटामा टाटा सुमो दुर्घटना हुँदा इटहरीको जनता क्याम्पसमा अध्ययनरत एक किशोरीको मृत्यु

सुनसरी : धनकुटाबाट धरान आउँदै गरेको भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना हुँदा इटहरीस्थित जनता क्याम्पस अध्ययन गर्ने एक किशोरीको मृत्यु भएको छ । जेष्ठ २६ गते धनकुटा नगरपालिका ९ खुरिलामा भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएकी धनकुटा नगरपालिका ४ भोटे चौतारा घर भएकी वर्ष १९ की प्रिस्किला तामाङको सोमबार मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । मृतक तामाङको १२ दिन देखी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमबार मृत्यु भएको हो । मृतक प्रिस्किला इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत विद्यार्थी हुन् । इटहरीको एक निजी विद्यालयमा अध्यापन गराउँदै आएकी उनी धनकुटा स्थित घरबाट क्याम्पस र विद्यालय भ्याउने गरी प्रमाणपत्र लिएर बिहान ५ बजे घरबाट निस्केकी थिइन् । इटहरी आउने क्रममा बीआर १० एच ४९१० नम्बरको भारतीय नम्बर प्लेटको उक्त टाटा सुमोमा धनकुटा ४ स्कुल डाँडाबाट लिफ्ट मागेर चढेकी उनी करिब २५ मिनेटमा दुर्घटना थियोे । ५ जना सवार भनिएको उक्त गाडीमा सवार दुई जना मोरङ जहदा गाउँपालिका ३ का २३ वर्षीय अजय महला र जहदा ४ का २४ वर्षीय सुरेश मुखिया घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । गाडीमा सवार फरार रहेका अन्य दुई जना भारतीय नागरिक रहेका छन् । उनीहरूको खोजी भईरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको उक्त टाटा सुमोको नम्बर प्लेट बिहारको कटियारका सञ्जय यादवको नाममा दर्ता भएको ट्रकको रहेकोले उक्त सुमो चोरीको भएको खुलेको मृतकका भेना विनय मगरले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क