इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटामा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

धनकुटा - धनकुटाको पाख्रीबास नगरपालिका १० चुङबाङस्थित पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । आइतबार दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङतर्फ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी आफैं अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार पाख्रीबास नगरपालिका १० धनकुटाका रेमन राईकी ९ वर्षीया छोरी सँस्कृति राईको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा परी धनकुटा नगरपालिका ४ का ३६ वर्षीया देविका खत्री र १४ वर्षीय अभिनाष खत्री, पाख्रीबास १० की २२ वर्षीया रबिका राई, ६० वर्षीया लक्ष्मी राई, ४० वर्षीया सानु आले, धनकुटा ४ की ३७ वर्षीया देवी खत्री, १० वर्षीय अजित खत्री र सुनिता खत्री घाइते भएका छन् । उनीहरूमध्ये केहीको धनकुटा अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न पिकअप चालक पाख्रीबास १० का ५५ वर्षीय राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क